विराटनगर । प्रदेश १ मा शुक्रबार ४८५ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये १४९ महिला र ३३६ पुरुष रहेका छन् । केही दिनदेखि लगातार सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ ।
थपिएका सङ्क्रमितमा मोरङमा २३० मध्ये विराटनगरमा १५२, सुनसरीमा १४३, झापामा ३३, इलाममा १०, धनकुटामा सात, संखुवासभामा छ, उदयपुरमा पाँच, भोजपुर र ताप्लेजुङमा चार/चार, खोटाङमा दुई, तेह्रथुम र ओखलढुङ्गामा एकएक र प्रदेश बाहिरका ३९ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसप्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या नौ हजार ३४१ पुगेको छ भने अहिलेसम्ममा चार हजार ७७४ जना निको भएर घर फर्किएका छन् ।पछिल्लो २४ घण्टाको अवधिमा दुई हजार ४४३ जना सहित अहिलेसम्ममा एक लाख ३४ हजार ७७३ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।