प्रज्जवल थापा ।
लियोनेल मेस्सीको गोलमा अर्जेन्टिनाले विश्वकप छनोटको पहिलो खेलमा जित निकालेको छ । शुक्रवार बिहान भएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १-० ले पराजित गरेको हो ।
इक्वेडरका इस्टुनपियनले लुकास ओकाम्पसलाई पेनाल्टी क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीमा गोल गर्दै मेस्सी खेलको १३ औं मिनेटमा अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
थप समयमा दुबै टोलीलाई गोल हुन नसकेपछि अर्जेन्टिना १ -० गोल अन्तरले विजयी भएको थियो । विश्वकप छनोटअन्तर्गत अर्को खेलमा पाराग्वे र पेरुले २-२ को बराबरी खेले । पाराग्वेको लागि रोमेरोले ६६ र ८१ औ मिनेटमा गोल गर्दा पेरुका लागि अन्द्रे कारिल्लोले ५३ र ८५ औ मिनेटमा गोल गरे ।
