उरुग्वेद्वारा चिली पराजित

प्रज्जवल थापा ।

विश्वकप २०२२ अन्तर्गतको छनोट खेलमा उरुग्वेले विजयी सुरुवात गरेको छ । शुक्रबार बिहान सपन्न खेलमा उरुग्वेले चिलीलाई २ -१ गोलले पराजित गर्यो ।

घरेलु मैदानमा भएको खेलमा उरुग्वेलाई जित दिलाउन लुइस स्वारेज र म्याक्सी गोमेसले गोल गरे । चिलीका लागि एलेक्सिस सान्चेजले गरेको गोल सान्त्वनामा सीमित भयो । खेलमा सुरुवाती अग्रता घरेलु टोलीले लिएको थियो ।

४० औं मिनेटमा स्वारेजले पेनाल्टीमा गोल गर्दै उरुग्वेलाई खेलमा अगाडि बढाएका थिए । तर ५५ औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गरेपछि चिली १ -१ को बराबरीमा आएको थियो । बराबरीतिर लम्किएको खेललाई अन्तिम समयमा म्याक्सी गोमेजले गोल गर्दै उरुग्वेलाई जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *