इङल्यान्डद्वारा वेल्स पराजित

प्रज्जवल थापा

इङ्ल्याण्डको लागि पहिलो खेल खेलेका डोमिनिक कार्भेट लेविनले गोल गरेपछि इङल्याण्ड अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विजयी भएको छ ।

बिहीवार राति भएको खेलमा इङ्ल्याण्डले वेल्सलाई ३-० गोल अन्तरले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा इङल्याण्डलाई जित दिलाउन डोमिनिक कार्भेट लेविन, कोनोर कोडे र ड्यानी इङ्सले एक(एक गोल गरे। २६ औं मिनेटमा कार्भेट लेविनले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडि बढाएका थिए । उनले ज्याक ग्रेयलिसको पासमा गोल गरेका थिए ।

५३ औं मिनेटमा केइरन ट्रिप्पिरको पासमा कोनिर कोडेले गोल गर्दै इङल्याण्डको अग्रता दोब्बर बनाएका थिए। ६३ औं मिनेटमा ड्यानी इङ्सले गोल गर्दा इङल्याण्डमा खेलमा ३-० गोलले अगाडि थियो । बाकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि इङ्ल्याण्ड विजयी भएको थियो ।

इङल्याण्ड र वेल्सले आइतबार नेसन्स लिग अन्तर्गत आफ्नो आफ्नो खेल खेल्दै छन् । इङ्ल्याण्डले घरेलु मैदानमा बेल्जियमलाई निमन्त्रणा गर्दा वेल्सले आयरल्यान्डको भ्रमण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *