ब्रेस्ट्रोको सानदार प्रदर्शनमा हैरबाद विजयी

प्रज्जवल थापा ।

इन्डियन प्रिमियर लिग (आइपिएल) मा जोनी ब्रेस्ट्रोको सानदार प्रदर्शनको मद्दतमा सनराइजर्स हैरबादले किङ्स ११ पंन्जावलाई ६९ रनले पराजित गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा सनराइजर्स हैरबाद टस जितेर ब्याटिङ गर्न उत्रिएको थियो। सनराइजर्सले पूरा २० ओभर खेल्दै ६ विकेटको क्षतिमा २०१ रन बनायो । हैरबादका दुबै ओपनरले उत्कृष्ट प्रदर्शन गरे । कप्ताम डेभिड वार्नर र ब्रेस्ट्रोले पहिलो विकेटको लागि १६० रनको ओपनिङ साझेदारी गरे ।

कप्तान डेभिड वार्नर ५२ रन बनाएर आउट भएसँगै हैरबादको विकेट गिर्न सुरु गर्यो । ब्रेस्ट्रो सतक बनाउन मात्र ३ रनले चुके। उनले ५५ बलमा ७ चौका र ६ छक्काको मद्दतमा ९७ रन बनाएर आउट भए। अब्दुल समद ८ रन बनाएर आउट हुदा मनिष पाण्डे १ रन बनाएर पभिलियन फर्किए।

यस्तै विलिम्यमसनले २० र अविशेक शर्माले १२ रन जोडे । पंन्जावको लागि रवी विश्वनीले सार्वधिक ३ विकेट लिए । उनले ४ ओभरमा २९ रन दिए। अर्शदीप सिंहले ४ ओभरमा ३३ रन दिएर २ विकेट लिँदा सामीले ४ ओभरमा ४० रन खर्चेर १ विकेट लिए । २०२ रनको विजयी लक्ष्य पछ्याएको पंन्जावले सुरुवात राम्रो गर्न सकेन ।

उसले १६.५ ओभरमा मात्र १३२ रन बनाउन सक्यो। ओपनर तथा कप्तान राहुल ११ रन बनाएर आउट हुदा आर्का ओपनर महेङ्क अग्रवाल ९ रन जोडेर आउट भए । सिम्रन सिंह ११ रन बनाएर आउट हुदा त्यसपछि ब्याटिङ गर्न आएका निल्लोस पोरानले पन्जावलाई सम्मानजनक स्कोरमा पुर्याए।

पोरान ७७ रनमा आउट भएसँगै पंन्जाबले खेलमा घोडा टेकेको थियो। उनले ३७ बलमा ७ छ्क्का र ५ चौका प्रहार गरे। त्यसपछि ब्याटिङ गर्न आएका कुनैपनि ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । हैरबादको लागि रसिद खानले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १ मेडन सहित १२ रन दिएर ३ विकेट लिए।

खलिल अहमदले ३ ओभरमा २४ रन दिएर २ विकेट लिए। नतार्जनले ३.५ ओभरमा २४ रन दिएर २ विकेट लिँदा अभिषेक शर्माको नाममा एक विकेट रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *