मन्त्रिमण्डल भागबन्डाबारे नभई संकटबारे छलफल गर्न प्रधानमन्त्रीलाई गगन थापाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कोराना महामारी अझै प्रधानमन्त्रीको प्राथमिकतामा नपरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक संजाल फेसबुकमार्फत थापाले अहिले पनि प्रधानमन्त्री महामारीको संकटकाबारेमा छलफल नगरी मन्त्रिमण्डल भागबण्डामा लागेका भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

थापाले भनेका छन्,‘योबेला पनि तपाईंको प्राथमिकतामा महामारी छैन ।अहिले मन्त्रिमण्डल भागबन्डाबारे होइन, संकटबारे छलफल गर्नुस् । बेहोस भएमात्र अस्पताल जाऊ भन्ने विज्ञ होइन, वास्तविक विज्ञ र अग्रपंक्तिमा खटिएकाका कुरा सुन्नुस् । कोभिड विरुद्धको लडाइँमा तपाईंलाई साथ दिन चाहान्छौं तर केही त गर्नुस् प्रमज्यू!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *