युक्रेनमाथि फ्रान्सको सानदार जित

प्रज्ज्वल थापा ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विश्वकप विजेता फ्रान्सले युक्रेनमाथि सानदार जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा फ्रान्सले युक्रेनलाई ७-१ गोलले हराएको हो।

घरेलु मैदानमा भएको खेलमा फ्रान्सको जितमा ओलिभर जिरुउडले दुई तथा इडुआर्डाे कामाभिंगा, कोरेन्टिन टोलिसो, केलियन एमबाप्पे र एन्टोइन ग्रिजमनले १ -१ गोल गर्दा एक गोल उपहार पाएको थियो। युक्रेनका भिक्टोरले गरेको गोल सान्त्वनामा सीमित भयो ।

फ्रान्सले खेलको नवौं मिनेटमा इडुआर्डो कामाभिंगाको गोलमा अग्रता लिएको थियो। २४ औ मिनेटमा अलिभर जिरुउडले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए ।

३४ औं मिनेटमा जिरुउडले व्यक्तिगत दोस्रो गोल गर्दा फ्रान्स तीन गोलले अगाडि बढेको थियो। यो जिरुउडको १०० खेलमा ४२ गोल हो । ३९ औं मिनेटमा भिटाली माइकोलेन्कोले आफ्नै पोस्टमा गोल गरेपछि फ्रान्सले पहिलो हाफमा ४-० गोलले अगाडि बढेको थियो।

दोस्रो हाफमा ५३ औं मिनेटमा पाहुना टोलीका भिक्टोरले गोल गर्दै युक्रेनलाई ४–१ को स्थितिमा ल्याएका थिए तर ६५औं कोरेन्टिन टोलीसोले केलियनले गोल गर्दै फ्रान्सलाई ५-१ गोलले अगाडि बढाए ।

८२ औं मिनेटमा विसाम विन यडरको पासमा एमबाप्पेल गोल गरेपछि फ्रान्सले खेलमा ६–१ को अग्रता लियो । निर्धारित समयको अन्तिम मिनेंविसाम विन यडरको पासमा एन्टोइन ग्रिजमले गोल गर्दै फ्रान्सलाई ७–१ को फराकिलो जित दर्ता गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *