USAID

विश्वका १० प्रतिशत मानिस कोरोना भाइरसबाट संक्रमितः डब्लुएचओ


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) विश्वका १० प्रतिशत मानिस कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्नेले जनाएको छ । स्विट्जरल्याण्डको जेनेभामा डब्लुएचओका शीर्ष नेताहरुको विशेष बैठकमा उसले विश्वमा हरेक १० मा एकजना कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने बताएको हो ।

संक्रमितको अनुमानित संख्याको अर्थ विश्वको धेरै क्षेत्र अझै पनि जोखिममा रहेको भन्ने रहेको उच्च अधिकारीले बताएका छन् । डब्लुएचओका अनुसार विश्वभर तीन करोड ५४ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् ।

तर संक्रमितको वास्तविक संख्या ८० करोड नजिक रहेको डब्लुएचओको अनुमान छ । विज्ञहरुले यसअघिदेखि नै लगातार वास्तविक संक्रमितको संख्या पुष्टि भएको भन्दा अधिक रहेको बताउँदै आएका छन् ।

महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा डब्लुएचओको विशेष बैठक बसेको हो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *