जनकपुरमा आजदेखि स्कूल खुल्ने

जनकपुर । प्रदेश नम्बर २ को राजधानी जनकपुरमा आजबाट विद्यालयहरु सञ्चालनमा आउने भएका छन् । कोरोना संक्रमण तीब्र गतिमा फैलिए पनि जनकपुरधाम उपमहानगरपालिकाले चैतदेखि बन्द रहेका शैक्षिक संस्थाहरु मंगलबारदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

महानगरपालिकाका उपप्रमुख रीताकुमारी मिश्रले संघीय सरकारले तोकेको मापदण्ड तथा निर्देशिकाको शर्तहरू पालना गरि ६ देखि १२ कक्षासम्मका विद्यालयमा मंगलवारदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिइन् । सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरी नगरक्षेत्रमा रहेको स्कुलहरु सञ्चालनमा ल्याएने निर्णय गरेको थियो ।

त्यस्तैगरी शिशु कक्षा र बाल विकासका शिक्षक–शिक्षिकाले विद्यार्थीको घरघर पुगेर ‘होम स्कूलिङ’ गराउने निर्णय गरिएको छ । कोरोना संक्रमणका कारण अवरुद्ध रहेको विद्यालयहरुको नियमित पठनपाठन सुचारु गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड तोकेर स्थानीय तहलाई अधिकार दिएको छ ।

विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को दफा ३३ को उपदफा २ र दफा ११ बमोजिम सिकाई क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरिएको पनि उपप्रमुख मिश्रले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *