ट्रम्प डिस्चार्ज, उपचार भने जारी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिनको अस्पताल बसाइपछि स्थानीय समयअनुसार सोमबार साँझ डिस्चार्ज भएका छन् । ट्रम्प अस्पतालबाट डिस्चार्ज भए पनि उनको उपचार भने जारी रहेको छ । कोरोना भाइरसबाट संक्रमित भइ स्वास्थ्यमा समस्या देखिएपछि उनी वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा भर्ना भएका थिए ।

उनले ट्वीट गरेर कोरोना भाइरसबाट नडराउन र यसबाट आफ्नो जीवनलाई प्रभावित वा दब्न नदिन पनि आफ्ना समर्थकलाई भनेका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘अति राम्रो महसुस गरेको छु । कोभिडबाट डराउनु पर्दैन । यसलाई तपाईँहरुको जीवन दबाउन नदिनुहोस् ।’

सोमबार बेलुका ट्रम्प मास्क लगाएर वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरबाट बाहिरिने क्रममा ट्रम्पले पत्रकारले सोधेका प्रश्नको जवाफ दिएनन् । उनले सबैलाई धन्यबाद मात्रै भनेका थिए ।

ट्रम्पलाई संक्रमण फैलाउने केन्द्रमा रहेको ठानिएको छ । ह्वाइट हाउसमा कति जनालाई संक्रमण फैलिएको छ भन्ने कुरा पनि स्पष्ट नभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अस्पतालबाट बिदा भएसँगै ट्रम्पले चाँडैले चुनावी अभियानमा सामेल हुने दाबी पनि गरेका छन् । अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपति चुनाव हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *