USAID

काठमाडौंमा ११७८ सहित थप २४४० जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

  • 6
    Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २४४० जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २३० जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा १४ पुरुष र पाँच महिला गरी १९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ । पीसीआर विधिबाट १३,७८१ जनाको नमुना परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा ४०३३ जना रहेका छन् । आइसोलेसनमा २३,५०७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । सोमबार थप ११३३ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या ६५,२०२ पुगेको छ । आइसियूमा २४४ र भेन्टिलेटरमा ४३ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।


  • 6
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *