वैदेशिक रोजगार बोर्डको आर्थिक सहायता दिने काम बन्द, वैदेशिक रोजगार कार्यालयबाट श्रम स्विकृतिको काम सुचारु

काठमाडौं । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि असोज १४ गतेदेखि रोकिएको काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सेवा सोमबारदेखि पुनः सचालनमा आउने भएका छन् । श्रम स्वीकृति लगायतका सेवा रोकिँदा गन्तव्य मुलुकमा पुग्न नसकी रोजगारी गुम्ने अवस्था सृजना भएकाले स्वास्थ्य मापदण्ड अपनाई सीमित सेवा संचालन गर्न लागेको कार्यालयले जनाएको छ ।

यता वैदेशिक रोजगार बोर्डको सचिवालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बोर्डबाट प्रदान गरिने आर्थिक सहायता अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *