USAID

काठमाडौंमा १३७३ सहित थप २२५३ जनामा कोरोना संक्रमण


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप २२५३ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १३७३, भक्तपुरमा ३९ र ललितपुरमा १८७ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा तीन पुरुष र चार महिला गरी थप सात जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ । पीसीआर विधिबाट थप १२,७८४ जनाको नमुना परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा ४,२०३ जना रहेका छन् । आइसोलेसनमा २२,२१९ जना सक्रिय संक्रमित रहेका छन् । आइतबार थप १,३२९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ६४,०६९ पुगेको मन्त्रालयले जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *