बालुवाटार छिर्‍यो कोरोना: प्रधानमन्त्रीको सल्लाहकार टीमलाई संक्रमण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी तथा चालकहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार परीक्षणमा गरिएकोमा सबै जनालाई कोरोना संक्रमण पुष्टि भएको उनीहरुले सामाजिक संजालमार्फत् जानकारी दिएका छन् । उनीहरुले यसबीचमा आफ्नो सम्पर्कमा रहेका सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओली दम्पत्तीकाे रिपाेर्ट नेगेटिभ

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली, पत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश बज्राचार्यको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *