इङ्लिस प्रिमियर लिगमा आज ४ खेल हुँदै

प्रज्जवल थापा ।

इङ्लिस प्रिमियर लिगमा आज चार खेल हुँदैछन् । आज ठूला क्लब चेल्सी, एभर्टन, म्यान्चेस्टर सिटीको खेल हुनेछ । पहिलो खेलमा स्ट्राम्फोर्ज ब्रीजमा चेल्सीले क्रिस्चल प्यालेसको सामना गर्नेछ । ट्रान्सर्फर विन्डोमा ठूलो खर्च गरेको चेल्सीले लिगमा अहिलेसम्म मात्र एउटा जित दर्ता गर्न सकेको छ ।

त्यसैले पनि आज चेल्सी जितको लागि मैदानमा उत्रिनेछ । अघिल्लो खेलमा चेल्सी वेस्ट ब्रोमविचसित बराबरी खेलेको थियो । यता प्यालेस भने ३ खेलमा २ जित र १ हार सहित ६ अङ्क जोड्दै छैटौं स्थानमा छ । यस्तै आर्को खेलमा एभर्टनले ब्रिग्टनको सामना गर्नेछ ।

ग्वोडिसन पार्कमा हुने खेलमा घरेलु टोलीले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिने सुरमा हुनेछ भने ब्रिगटन एभर्टनलाई रोक्ने प्रयास गर्नेछ । एभर्टन तीन खेलमा सतप्रतिशत जित निकाल्दै तेस्रो स्थानमा छ । ब्रिगटन भने तीन खेलमा १ जित र २ हार सहित ३ अङ्क जोड्दै १२औं स्थानमा छ ।

शनिवार नै साविक उपविजेता म्यान्चेस्टर सिटिले यसै सिजन प्रिमियर लिगमा बढुवा भएको लिड्स युनाइटेडको सामना गर्नेछ । लिड्स युनाइटेड पहिलो खेलमा लिभरपुलसित पराजित भए यता दुवै खेल जितेको छ । सिटीले भने पछिल्लो खेलमा लेस्चर सिटीसित लज्जास्पद हार बेहोरेको थियो ।

त्यसअघि पहिलो खेलमा सिटीले वोल्भसलाई पराजित गरेको थियो । यस्तै अर्को खेलमा न्युकेस्चल युनाइटेडले बर्नेलीको सामना गर्नेछ । न्युकेस्चल युनाइटेडले तीन खेलमा १ जित, १ बराबरी र १ खेलमा हार बेहोरेको छ भने बर्नेलीले खेलेको दुवै खेलमा पराजित भएको छ ।
खेलको समय तालिका ( नेपाली समय)
चेल्सी विरुद्ध क्रिस्चल प्यालेस (बेलुकी ५ः१५ बजे)
एभर्टन विरुद्ध ब्रिगटन (बेलुकी ७ः४५ बजे)
लिड्स युनाइटेड विरुद्ध म्यान्चेस्टर सिटी (राति १०ः१५ बजे)
न्युकेस्चल युनाइटेड विरुद्ध बर्नेली (मध्यराति १२ः४५ बजे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *