काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डुबीच शुक्रबार बिहान भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।
आज बस्ने बैठकले मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक र राजनीतिक नियुक्ति, पार्टी एकताको बाँकी प्रक्रियालगायतका विषयमा छलफल हुने भएको छ। मन्त्रिपरिषद् पुनर्गठन गर्न सत्तारूढ दल नेकपाका दुई अध्यक्ष लगातार छलफलमा बसेपनि मापदण्डको टुंगो नलागेको कारण मन्त्रिमण्डल पुर्नगठन हुन सकेको छैन ।
उपाध्यक्ष वामदेव गौतमलाई सरकारमा सहभागी गराउने वा नगराउने भन्ने बिषयमा दुई अध्यक्षबीच मतभेद बढेकाले पनि सहमती हुन सकेको छैन ।
