प्रज्जवल थापा ।
स्पेनिस लिग ला लिगाअन्तर्गत बार्सिलोनाले लगातार दोस्रो जित निकालेको छ। बिहीबार राति भएको खेलमा बार्सिलोनाले सेल्टाभिगोलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।
भिगोको मैदानमा भएको खेलमा बार्सिलोनलाई जित दिलाउन अन्सु फाटी र सेर्जियो रोब्रेट्रोले गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलमा अग्रता भने पाहुन टोलीले लिएको थियो । ११ औं मिनेटमा फिलिपे कहौन्टिनोको पासमा युवा खेलाडी अन्सु फाटीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
४२ औं मिनेटमा लेनगेल्टले दोस्रो पहिले कार्ड खाँदै मैदान बाहिरिएपछि बार्सिलोला १० खेलाडिमा सीमित भएको थियो । ५१ औं मिनेटमा सेल्टाका लुकास ओल्जाले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेलमा अग्रता दोब्बर बनाएको थियो।
खेलको अतिरिक्त समयमा मेस्सिले हानेको बल सेल्टाका खेलाडी भिल्लरको खुट्टामा लागेर फर्किएको बलमा स्रेजियो रोबेट्रोले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे । जितसँगै बार्सिलोना दुई खेलमा सतप्रतिशत जित निकाल्दै ६ अङ्क जोडेर पाँचौं स्थानमा उक्लिएको छ । गेफाटे ७ अङ्कसहित लिगको शीर्ष स्थानमा छ ।


