भारत-बंगलादेशबीचको द्धिपक्षीय बैठक दुबै देशका लागि लाभदायक

  • 3
    Shares

बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले बंगलादेश र भारतबीचको द्धिपक्षीय वार्ता लाभदायक भएको बताएका छन् । उनले हालै भारतका विदेशमन्त्रीसँग भएको द्धिपक्षीय वार्ता आपसी हितमा भएको र दुवै पक्षका लागि लाभदायक भएको बताएका हुन् । बंगलादेश र भारतकाबीच जोइन्ट कन्सल्टेटिभ कमिटी (जेसिसि) बैठक भएको थियो । बंगलादेशका लागि भारतका उच्च कमिसनर रिभा गांगली दाशले यी दुई देशकाबीचमा कार्यरत उक्त जेसीसीको बैठक सम्पन्न भएको बताए । यस बैठक बंगलादेशका विदेशमन्त्री एके मोमिन र भारतका विदेशमन्त्री एस जयशंकरबीच भएको थियो । बैठक दुवै पक्षका लागि लाभदायक रहेको र आपसी हित र आवश्यक अन्य द्धिपक्षीयका विषयमा खुलेर कुराकानी भएको उच्च कमिसनर रिभाले बताए । उनले दुवै देशबीचमा रहेको सीमा सम्बन्धी मुद्धाहरु आपसी हितमा शान्तिपूर्ण वार्ताका माध्यमबाट टुंग्याउने बारेमा सहमति भएको पनि जानकारी दिए । जेसीसी बैठक बंगलादेश र भारतकाबीचमा हरेक वर्ष हुने गर्दछ ।


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *