स्पेनिस लिग ला लिगा अन्तर्गत आज बुधबार रियल म्याड्रिड र रियल भिल्लाडोलिड भिड्दै छन् । खेल नेपाली समय अनुसार राति १ः१५ बजे सुरु हुनेछ ।
रियल म्याड्रिडको एल्फ्रेडो डि स्टेफेनोमा हुने खेल घरेलु टोलीका लागि लिगको तेस्रो खेल हुनेछ भने भिल्लाडोलिडको चौथो खेल हुनेछ। पहिलो खेलमा रियल सोसिडाडसित गोलरहित बराबरीमा रोकिएको रियल म्याड्रिड दोस्रो खेलमा बेटिसलाई पराजित गरेको थियो ।
यता भिल्लाडोलिड रियल सोसिडाड र सेल्टा भिगोसित बराबरी खेल्दा रियल बेटिससित पराजित भएको थियो ।
रियल म्याड्रिड र रियल भिल्लाडोलिडबीचको अन्तिम ८ खेलमा ६ खेल म्याड्रिडले जितेको छ भने २ खेल बराबरीमा सकिएको छ । यस्तै लिगको आर्को खेल इबारले इल्चेको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति १ः१५ बजे सुरु हुनेछ ।
