प्रज्जवल थापा ।
बेनिफिका रुविन डियाज इङ्लिस क्लब म्यान्चेस्टर सिटीमा अनुबन्धित भएका छन् । डियाज बिनेफिकाबाट ६२ मिलियन पाउण्डमा भित्रिएका सिटीले बताएको छ । पोर्चुगलका २३ वर्षीय डिफेन्डर रुविनले सिटीसँग ६ वर्षको सम्झौता गरेका छन् ।
उनको आगमनसँगै सिटीका डिफेन्डर निकोलस ओटामेन्डी बेनिफिकासित सम्झौता गरेका छन् । म्यान्चेस्टर सिटीले आइतबार इतिजाद रंगशालामा भएको खेलमा लिभरपुलसित ५ गोल खाएको थियो । त्यसैले रुविनको आगमनले सिटीको डिफेन्स मझबुत पक्कैपनि हुनेछ।
रुविनले आफू सिटीसँग सम्झौता गर्न पाएकोमा निकै खुशी रहेको पनि बताएका छन् । डियाज बेनेफिको एकेडेमीका उत्पादक हुन् । उनले राष्ट्रिय टोलीका लागि १९ खेल खेलिसकेका छन् ।
गत वर्ष पोर्चुगलले नेसन्स लिग जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । सिटीले यसअघि फेरान टोरेस र डिफेन्डर नाथक एकलाई भित्राइसकेको छ ।
