भक्तपुर । भक्तपुर नगरपालिका–१० कमलविनायक नगरकोट बसपार्क नजिकबाट डलर साटने भन्दै एक पुरुषको नगद ५ लाख रुपैयाँ मंगलबार बिहान ठगी भएको छ ।
सूर्यविनायक नगरपालिका ८ आदर्श बस्ने दोलखा जुगु गौरी शंकर घर भएका ३५ वर्षीय पुरुषलाई २ जना अपरिचित व्यक्तिले डलर साटने भनि कागजको विटो प्लाष्टिकमा राखी रुमालमा पोको पारी दिई पीडितसँग भएको नगद ५ लाख रुपैयाँ ठगी गरी फरार भएको बताइएको छ ।
