प्रज्जवल थापा ।
इन्डियन प्रिमियर लिग(आइपीएल) मा राजस्थान रोयल्सले सानदार जित दर्ता गरेको छ । आइतबार भएको खेलमा राजस्थान रोयल्सले किङ्स ११ पञ्जाबलाई ४ विकेटले पराजित गर्यो ।
सरजाह क्रिकेट मैदानमा भएको खेलमा पञ्जाव टस हारेर ब्याटिङ्मा उत्रिएको थियो । पञ्जावले पूरा २० ओभर खेल्दै २ विकेटको क्षतिमा २२३ रनको विशाल योगफल तयार पारेको थियो । पञ्जावको लागि दुबै ओपनरले सानदार प्रदर्शन गरे । कप्तान केएल राहुल र मयङ्क अग्रवालले पहिलो विकेटको लागि १८३ रनको ओपनिङ साझेदारी गरे ।
राजपुतको बलमा आउट हुनुअघि राहुलले ५४ बलको सामना गर्दै ७ चौका र १ छक्काको मद्दतमा ६९ रन जोडे । अर्का ओपनर मयङ्क अग्रवालले सतक प्रहार गरे । उनले ५० बलको सामना गर्दै १० चौका र ७ छक्काको मद्दतमा १०६ रन बनाए। यस्तै म्याक्सवेलले १३ रन र पोरानले २५ रनको योगदान गरे। ।
राजस्थानको लागि टोम कुरानले ४ ओभर बलिङ गर्दै ४४ रन खर्चेर १ विकेट लिँदा राजपुतले ४ ओभरमा ३९ रन दिएर १ विकेट लिए ।
२२४ रनक विशाल विजयी लक्ष्य पछ्याएको राजस्थानले १९.३ ओभरमा ६ विकेट गुमाएर २२६ रन बनाउँदै लक्ष्य पूरा गर्यो। राजस्थानको जितमा सन्जु स्यामसन, स्टिभ स्मिथ, राहुल टेवाटियाले उत्कृष्ट ब्याटिङ गरे । ओपनर जोस बट्लर ४ रन बनाएर आउट भएपछि रोयल्सको इनिङ्स स्थिम र स्याम्सनले समाल्हेका थिए।
स्मिथ २७ बलमा ५० रन जोडेर जेम्स नेसमको बलमा आउट भए। उनले ७ चौका र २ छक्का प्रहार गरे । १६.१ ओभरमा सन्जु स्यामसन महोमद सामिको बलमा राहुलबाट क्याच आउट भए । उनले ४२ बलको सामना गर्दै ४ चौका र ७ छक्काको मद्दतमा ८५ रन जोडे।
त्यसपछि ब्याटिङ गर्न आएका रविन उथप्पा ९ रन जोडेर पभिलियन फर्किदा राहुल तेवाइटा ५३ रनको योगदान गर्दै टोलीलाई जिततर्फ अग्रसर बनाएका थिए । उनले ७ छक्का प्रहार गरे । जोफ्रा आर्चरले २ छक्का प्रहार गर्दै १३ रन बनाउदा टोम कुरानले चौका प्रहार गर्दै राजस्थानलाई जित दिलाए ।
पञ्जावको लागि मोहमद सामिले ४ ओभर बलिङ गर्दै ५३ रन खर्चेर सार्वाधिक ३ विकेट लिए । यस्तै सेल्डन कोट्रेलए ३ ओभरमा ५२ रन खर्चेर १ विकेट लिए । जेम्स नेशमले ४ ओभरमा ४० रन दिएर १ विकेट लिँदा मुरुगान आश्विनले १.३ ओभरमा १६ रन दिएर १ विकेट लिए । यससँगै राजस्थान रोयल्सले दुई खेलमा दुई जित निकाल्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
