अजरबैजान। अर्मेनिया र अजरबैजानबीच सीमा क्षेत्रलाई लिएर पुनः तनाव सुरु भएको छ ।
वर्षौँपछि अर्मेनिया र जरबैजानबीच विवादास्पद क्षेत्रलाई लिएर भिडन्त भएको अन्तराष्टिय संचारमाध्यमले जनाएको छ । आइतबार भएको भिडन्तमा कम्तीमा २३ जनाको ज्यान गएको बताइएको छ ।
पूर्व सोभियत युनियनका दुई देशबीच नागोर्नो–काराबाख क्षेत्रलाई लिएर भिडन्त भएको हो । सो क्षेत्र अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको भएको दावी गरिएको छ । तर त्यहाँ आदिबासी अर्मेनियनको कब्जा छ । सन् १९९० को दशकको सुरुमा भएको सीमा भिडन्तमा दशौँ हजार मानिसको ज्यान गइसकेको छ ।
