काठमाडौं । पहिलो कम्युनिस्ट प्रधानमन्त्री लोकप्रिय राजनेता मनमोहन अधिकारीको नाममा खोलिएको ठमेल स्थित ‘मनमोहन अस्पताल’ले स्वास्थ्यकर्मी तथा कर्मचारीको शोषण गरेको छ ।
अस्पतालको नियमित रूपमा काम गरेका स्वास्थ्यकर्मी तथा कर्मचारीले आठ महिनादेखि तलब नदिएको भन्दै कर्मचारीहरू आइतबारदेखि आन्दोलनमा उत्रिएका छन् । कर्मचारीले तलबको पटक पटक माग गर्दा समेत अस्पताल प्रशासनले बेवास्ता गरेको कारणले आन्दोलन गर्नु परेको कर्मचारीहरूले बताएका छन् ।
तलबको माग गर्दै अस्पतालको प्रांगणमा कर्मचारीहरूले रिले अनसन सुरु गरेका छन् । अस्पताल प्रशासनले तलब नदिएसम्म आन्दोलन नरोक्ने आन्दोलनकारी कर्मचारीले बताएका छन् ।
अस्पतालका को-ओडिनेटर सरला के.सी र डाइरेक्टर डा. जीवनेश्वर झाले ८० जना कर्मचारीको तलबको विषयमा बेवास्ता गर्दै आएका छन् । लोकप्रिय राजनेताको नाममा स्थापना गरिएको अस्पतालले कामदारको शोषण गर्नु आफैंमा लाजमर्दो कार्य हो भन्न सकिन्छ ।
