प्रज्जवल थापा ।
रियल म्याड्रिडका फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदानले नयाँ कीर्तिमान बनाएका छन् । रियल म्याड्रिडले गएराति भएको खेलमा बेटिसमाथि जित हात पारेपछि ला लिगामा जिदानले प्रशिक्षकको रुपमा सय खेलमा जित हात पारेका छन् ।
रियलको जितमा भालभार्डे र सेर्जियो रोमसले गोल गर्दा एक गोल उपहार पाएको थियो । यससँगै लिगमा क्लबको लागि धेरै जित हात पार्ने मिगयुल मुनोजभन्दा मात्र पछि छन् । उनले २५७ खेलमा जित हात पारेका छन् । ला लिगामा जिदानले १४७ खेलमा १०० खेलमा जित हासिल गरेका हुन् ।
सन् २०१६ मा पहिलोपटक रियल म्याड्रिडको प्रशिक्षकको रुपमा नियुक्त भएका जिदानको टोलीले ३४२ गोल हान्दै १४२ गोल बेहोरेको छ । रियल म्याड्रिडका पूर्वमिडफिल्डर जिदानले प्रशिक्षकको रुपमा सन् २०१७ र २०२० मा दुई ला लिगा उपाधि जितिसकेका छन् ।
