इङ्लिस प्रिमियर लिगमा आइतबार साविक उपविजेता म्यान्चेस्टर सिटी र लेस्चर सिटी भिड्दै छन् । लिगमा अन्य तीन खेलपनि हुनेछन् । इतिहाद रंगशालामा हुने खेलमा म्यान्चेस्टर सिटी आफ्नो दुई फरवार्डबिना मैदानमा उत्रिनेछ ।
कुन अग्विरो र गाब्रियल जिसस दुबै चोटका कारण मैदान बाहिर हुनेछन् । म्यान्चेस्टरको यो लिगमा दोर्स्रो खेल हुनेछ भने लेस्चरका लागि तेस्रो खेल हुनेछ । म्यान्चेस्टर सिटीले आफ्नो पहिलो खेलमा वोल्भ्सलाई पराजित गरेको थियो । यता लेस्चर सिटी पनि दुई खेलमा शतप्रतिशत जित निकाल्दै लिगको दोस्रो स्थानमा छ ।
यी दुई अन्तिम तीन खेलमा लेस्चर सिटी पराजित भएको छ । यस्तै लिगको अर्को खेलमा टोटेन्हामले न्युकेस्चल युनाइटेडको सामना गर्नेछ । पहिलो खेलमा एभर्टनसित पराजित भएको टोटेन्हाम दोस्रो खेलमा ह्युङ मीन सनको चार गोलको सहयोगमा साउथ्ह्याम्टनलाई ५ २ गोल अन्तरले पराजित गरेको थियो ।
यस्तै पहिलो खेलमा वेस्टहामलाई पराजित गरेको युनाइटेड दोस्रो खेलमा ब्रिगटनसित पराजित भएको थियो।
खेलको समय तालिका (नेपाली समय)
सेफिल्ड युनाइटेड विरुद्ध लिड्स ( बेलुकी ४ः४५ बजे)
टोटेन्हाम विरुद्ध न्युकेस्चल युनाइटेड ( बेलुकी ६ः४६ बजे)
म्यान्चेस्टर सिटि विरुद्ध लेस्चर सिटी (राति ९ः१५ बजे)
वेस्ट हाम विरुद्ध वोल्भस ( राति ११ः४५ बजे)
