रियल म्याड्रिडको विजयी सुरुवात

प्रज्जवल थापा

काठमाडौँ । स्पेनिस लिगमा साविक विजेता रियल म्याड्रिडले विजयी सुरुवात गरेको छ। सनिबार भएको खेलमा म्याड्रिडले रियल बेटिसलाई ३-२ गोल अन्तरले पराजित गर्यो।

बेटिसको रंगशालामा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन भाल्भार्डे, सेर्जियो रोमसले गोल गर्दा एक गोल उपहार पायो। म्याड्रिडले खलेको १४ औं मिनेटमा भालभर्डेको गोलमा अग्रता लिएको थियो। उनले बेन्जिमाको पासमा गोल गरेका थिए। त्यसपछी खेलको ३ मिनेटको अन्तरालमा २ गोल गर्दै बेटिसले खेलमा पकड जमाएको थियो।

३५ औ मिनेटमा सेर्जियो कानालेसको पासमा औसा मान्डीले हेडिङ गोल गर्दै बेटिसलाई बराबरीमा ल्याएका थिए। त्यसको २ मिनेट बित्न नपाउदै नविल फकिरको पासमा विल्लियम कार्भालोले गोल गर्दै खेलमा बेटिसलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुवातमै इमर्सनले आफ्नै पोस्टमा आत्मघाती गोल गर्दा रियल खेलमा फर्किएको थियो। कार्भाहालको क्रस रोक्ने क्रममा इमर्सनले आफ्नै पोस्टमा गोल गरेका थिए।

६७ औ मिनेट इमर्सनले म्याड्रिडका जोभिकलाई फवल गरेका कारण रातो कार्ड खादै मैदान बाहिरिएपछी बेटिस १० खेलाडीमा सिमित भएको थियो। ८२ औ मिनेटमा रियल म्याड्रिडले पाएको पेनाल्टीमा सेर्जियो रोसमले गोल गर्दै रियललाई लिगमा पहिलो जित दिलाए। रियल म्याड्रिड पहिलो खेलमा रियल सोसिडाडसित बराबरीमा रोकिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *