प्रज्जवल थापा
तनहुँ । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२० मा कलकता नाइट राइडर्सले पहिलो जित दर्ता गरेको छ । हिजोराति भएको खेलमा राइडर्सले सनराइजर्स हैरबादलाई ७ विकेटले पराजित गरेको छ । यो हैरबादको लगातार दोस्रो हार हो ।
सेख जायद रंगशालामा भएको खेलमा हैराबाद टस जितेर पहिले ब्याटिङमा उत्रिएको थियो । उसले पूरा २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १४२ रन बनायो । हैरबादको लागि मनिस पाण्डेले सार्वधिक ५१ रन जोडे । उनले ३८ बलको सामना गर्दै ३ चौका र २ छक्का प्रहार गरे । ओपनर ब्रेस्ट्रो ५ रन बनाएर आउट हुँदा अर्का ओपनर डेभिड वार्नरले ३० बलमा २ चौका र १ छक्काको मद्दतमा ३६ रन जोडे । यस्तै विकेटकिप्पर शाहले ३१ बलमा ३० रन जोडे । नाबी ११ रन र अविशेक शर्मा २ रनमा नटआउट रहे ।
कलकताको लागि प्याट कमिङ्सले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र १९ रन दिएर १ विकेट लिए । चक्रभर्तीले ४ ओभरमा २५ रन दिएर १ विकेट लिए । अलराउन्डर रसेलले २ ओभरमा १६ रन खर्चेर १ विकेट लिए ।
१४३ रनको विजयलक्ष्य पछ्याएको कलकताले १८ ओभरमा ३ विकेटको क्षतिमा १४५ रन बनाई लक्ष्य पूरा गर्यो । कलकताको लागि ओपनर युवा ब्याट्सम्यान शुभ्मन गिलले उत्कृष्ट ब्याटिङ गरे । उनले ६२ बलको सामना गर्दै ५ चौका र २ छक्काको मद्दतमा ७० रनको योगदान गरे । अर्का ओपनर नारायणले खाता खोल्न नसक्दा नितेश राना १३ बलमा २६ रन जोडी नतर्जनको बलमा आउट भए । त्यसपछि ब्याटिङ गर्न आएका कप्तान दिनेश कार्तिक सुन्यमा आउट हुँदा मोर्गानले ४२ रन जोड्दै कलकताको जित सुनिश्चित गरे । उनले २९ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
सनराइजर्सको लागि खलिल अहमदले ३ ओभर बलिङ गर्दै २८ रन खर्चेर १ विकेट लिए । यस्तै रसिद खानले ४ ओभर बलिङ गर्दै २५ रन दिएर एक विकेट लिदा नटार्जनले ३ ओभर बलिङ गर्दै २७ रन खर्चेर एक विकेट लिए ।
आज हुने खेलमा राजस्थान रोएल्सले किङ्स ११ पन्जाबको सामना गर्नेछ ।

