रुपन्देहीमा बाढीको वितण्डा(फोटोफिचर)

बुटवल । अविरल वर्षाका कारण रोहिणी नदीमा बाढी आउँदा रुपन्देही क्षेत्र नम्बर १ अन्तर्गत तिलोत्तमा, देवदह, ओमसतियाका विभिन्न स्थानमा क्षति पुगेको छ । बर्षाका कारण आएको बाढीले तिलोत्तमा नगरपालिका वडा नम्बर ११ भुपू सैनिकका करिब १० घरमा क्षति पुगेको छ ।

बस्तीमा पसेको बाढीका कारण स्थानीयबासी नन्दमाया गुरुङ्ग, तोलाकान्त अधिकारी, दुर्गा श्रेष्ठ, ध्रुव कुँवर लगायतको घर गोठ तथा धान बाली नष्ट गरेको छ । त्यसैगरी देवदह नगरपालिका वडा नम्बर ८ का बिजुली दमैको घरबास तथा देवदह ३ का टंक थापा, झविन्द्र राना, केवी राना, जागेश्वर थारुको घर गोठ तथा पशुफर्ममा क्षति पुगेको छ ।

त्यसैगरी देवदह १० र ९ का विभिन्न व्यक्तिहरुको घर गोठ र पशु चौपाया बाढीले बगाएको छ । बाढीले घर तथा बस्ती बगाएपछि समस्या भएको पीडितहरुले गुनासो गरेका छन् । बाढीले तिलोत्तमा नपा ११ भुपु सैनिक टोलका ३ वटा गाई, ४ वटा बाख्रा, देवदह ३ मा २२ वटा बंगुर, हास तथा कुखुरा त्यसैगरी देवदह ९ र १० मा बंगुर कुखुरा बाख्रा बगाएको स्थानीयबासीले बताएका छन् । बाढीका कारण करिब १२ घर बिस्थापित भएका छन् । त्यसैगरी बाढीका कारण करोडौंको क्षति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *