काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १२०७ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ५८३, भक्तपुरमा ६३ र ललितपुरमा ७८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १८,३४१ रहेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०,०१९ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ६,३०१ जना रहेका छन् । शनिबार थप १,१४७ जना डिस्चार्ज भएका छन् ।
योसँगै डिस्चार्ज हुनेको संख्या ५३,०१३ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा २२४ र भेन्टिलेटरमा २७ जनाको उपचार भइरहेको छ ।
