ला लिगामा रियल म्याड्रिडले बेटिसको सामना गर्दै

प्रज्जवल थापा । स्पेनिस लिगअन्तर्गत आज साविक विजेता रियल म्याड्रिडले रियल बेटिसको सामना गर्दैछ । सेभिल्लामा हुने खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । लिगको पहिलो दुई खेलमा रियल बेटिसले सतप्रतिशत जित निकाल्दै दोस्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा डिपर्टिभो आल्भेसलाई १-० ले हराएको बेटिसले दोस्रो खेलमा रियल भिल्लाडोलिडलाई २-० गोल अन्तरले पराजित गरेको थियो । यता रियल म्याड्रिड भने पहिलो खेलमा रियल सोसिडाडसित गोलरहित बराबरीमा रोकिएको थियो । त्यसैले पनि आज म्याड्रिड लिगमा पहिलो जितको खोजीमा हुनेछ भने बेटिस आफ्नो जितको लयलाई निरन्तरता दिने प्रयासमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *