कोरोनाको खोप आउनु अघि २० लाख मानिसको ज्यान जान सक्ने

जेनेभा । कोरोना संक्रमणको खोप पत्ता लाग्नु अघि बिश्वमा मृत्यु हुनेको संख्या २० लाख पुग्न सक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ ।

डब्लुएचओको आपतकालीन सेवाका प्रमुख डा माइक रायनले अन्तर्राष्ट्रिय रुपमा महामारीविरुद्ध एकीकृत र प्रभावकारी काम नभएमा ज्यान गुमाउनेको संख्या सोचे भन्दा बढी हुने बताएका छन ।
चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वमा झण्डै १० लाख मानिसको ज्यान गइसकेको छ ।

संक्रमण फैलिने क्रमम निरन्तर जारी रहँदा विश्वभर संक्रमितको संख्या तीन करोड २० लाख भन्दा बढी पुगेको छ ।
अहिले बिश्वका बिभिन्न मुलुकले कोरोना संक्रमण बिरुद्धको खोप उत्पादन गर्न लागे पनि अहिले सम्म भरपर्दो रुपमा कुनै पनि देशले खोप उत्पादन गर्न सकेका छैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *