प्रिमियर लिगमा आज चार खेल हुँदै

प्रज्जवल थापा

काठमाडौँ । इङलिस प्रिमियर लिगमा आज चार खेल हुँदै छन्। नयाँ सिजनको तेस्रो हप्तामा आज ठुला क्लब म्यान्चेस्टर युनाइटेड, चेल्सी र एभर्टन भिड्ने छन्।

शनिबार हुने पहिलो खेलमा ब्रिगटनले म्यान्चेस्टर युनाइटेडको सामना गर्नेछ। लिगको पहिलो खेलमा क्रिचल प्यालेससँग लज्जास्पद हार बेहोरेको युनाइटेड जितसहित लिगमा पुनरागमन गर्न चाहन्छ। अन्तिम खेलमा न्युकेस्टललाई पराजित गरेकोबब्रिगटन त्यही लयलाई निरन्तरता दिने प्रयास गर्नेछ।

दोस्रो खेलमा क्रिचल प्यालेसले एभर्टनको सामना गर्नेछ। एभर्टन दुई खेलमा सतप्रतिशत जित निकाल्दै लिगमा उत्कृष्ट सुरुवात गरेको छ। यता प्यालेसपनि २ खेलमा दुई जित निकाल्दै लिगको पाँचौ स्थानमा छ। यस्तै शनिबार हुने आर्को खेलमा वेस्ट ब्रोमले चेल्सीको सामना गर्नेछ। ट्रान्सर्फर बजारमा मज्जाले खर्च गरेको चेल्सी लिगमा एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ। वेस्ट ब्रोम भने लिगको दुवैखेलमा पराजित हुँदै पुछारमा रहेको छ।

यस्तै आर्को खेलमा बर्नेलीले साउथह्याप्टनको सामना गर्नेछ। दुवै टोलिले लिगमा खाता खोल्न सकेका छैनन्। त्यसैलेपनी आजको खेलमा दुवै टोलि पहिलो जितको खोजिमा हुनेछन्। बर्नेली लिगको पहिलो खेलमा लेस्चर सिटिसित पराजित हुदा साउथह्याप्टन दुवै खेलमा पराजित भएको छ। सबै खेलको प्रत्यक्ष प्रशारण भारतीय च्यानल स्टार स्पोर्ट्सले गर्नेछ।

खेलको समय तालिका (नेपाली समय)
बिग्रटन विरुद्ध म्यानचेस्टर युनाइटेड (बेलुकी ५:१५ बजे)
क्रिचल प्यालेस विरुद्ध एभर्टन (बेलुकी ७:४५ बजे)
वेस्ट ब्रोम विरुद्ध चेल्सी (राती १०:१५ बजे)
बर्नेली विरुद्ध साउथह्याप्टन (राती १२:४५ बजे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *