डा. केसीको अनसनमा नेविसंघको ऐक्यवद्धता

काठमाडौं । नेपाल विद्यार्थी संघले अनसनरत डा. गोविन्द केसीका मागमा ऐक्यवद्धता जनाउँदै तत्काल जायज माग पुरा गर्नुपर्नेमा जोड दिएको छ । शुक्रबार नेविसंघ अध्यक्ष राजीव ढुंगाना नेतृत्वको पदाधिकारीसहित प्रतिनिधिमण्डलले अनसनरत डाक्टर केसीलाई त्रिवि शिक्षण अस्पताल पुगेर भेट्दै केसीका मागमा ऐक्यवद्धता जनाएको हो ।

डा. केसीले उठाएका चिकित्सा शिक्षा सुधारका सबै मागमा नेविसंघले ऐक्यवद्धता जनाएको नेविसंघ अध्यक्ष राजिव ढुङ्गानाले जानकारी दिए । सरकारले डाक्टर केसीसँग तुरून्त वार्ता गरी मागहरू सम्बोधन गर्नुपर्ने उनको भनाई छ ।

डा केसीले उठाएका मुद्धाहरु जनताको मुद्धा रहेको भन्दै सरकारले माग पुरा गर्नुपर्नेमा दमन गरेको भन्दै उनले तत्काल केसीले उठाएका माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराए । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै १९ औं पटक अनसन बस्नुभएका डा केसीको १२ औ दिनसम्म पुग्दा स्वास्थ्य कमजोर हुँदै चिकित्सकहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *