बैंगलोरको लज्जास्पद हार

प्रज्जवल थापा

तनहुँ। इन्डियन प्रिमियर लिग(आईपिएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले लज्जास्पद हार बेहोरेको छ। बिहीवार भएको खेलमा बैंगलोर किङ्स ११ पन्जावसित ९७ रनले पराजित भएको छ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा टस हारी ब्याटिङको निम्तो पाएको पंन्जावले पूरा २० ओभर खेल्दै ३ विकेटको क्षतिमा २०६ रन बनायो। पंन्जावको लागि कप्तान राहुलले कप्तानी इनिङ्स खेल्दै सार्वधिक १३२ रन जोडे। उनले ६९ बलमा १४ चौका र ७ छक्का प्रहार गरे । यो आइपिएल इतिहासमा कप्तानले बनाएको उच्च रन हो। यस्तै मयाङ्क अग्रवालले २६ रन जोड्दा पोरानले १७, म्यास्कवेलले ५ र नायरले १५ रनको योगदान गरे। डेथ बलिङमा कमजोर देखिएको बैंगलोरको लागि सिभम डुबेले ३ ओभरमा ३३ रन दिदै २ विकेट लिदा युज्वेन्द्र चहालले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रीएको बैंगलोर १०७ रन जोड्दा १७ ओभरमा अलआउट भयो । ओपनर देभादुत पडिक्कललाई १ रनमा गुमाएको बैंगलोर दोस्रो विकेटको रुपमा फिलेपेलाई सुन्यमा गुमायो । यस्तै कप्तान विराट कोहलीपनि १ रनमा पभिलिएन फर्किएसंगै बैंगलोर ४-३ को स्थितिमा थियो। त्यसपछि ब्याटिङ गर्न आएका डि भिल्लियर्स र फिंचले इनिङ्स समाल्दै ४९ रनको साझेदारी गरे। फिंच २० रन जोड्दै रवि बिस्नोनीको बलना आउट भए । लगत्तै डि भिल्लियर्सपनि १८ बलमा २८ रन जोडेर आउट भएपछी बैंगलोरको जित पातलिएको थियो। त्यसपछि ब्याटिङ गर्न आएका वासिङ्टन सुन्दरले २७ बलमा ३० रन जोडेर बैंगलोरलाई सम्मानजनक स्कोरमा पुर्याए। सिभम डुबेले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क बनाउन सकेनन्।

पंन्जावको लागि मुरुगान अश्विनले ३ ओभर बलिङ गर्दै २१ रन खर्चेर ३ विकेट लिए। रवि बिश्वनीले ४ ओभरमा ३२ रन दिदै ३ विकेट लिए। यस्तै सेल्डन कोन्ट्रेलले २ विकेट लिदा सामी र म्याक्सवेलले समान १र१ विकेट लिए। यससँगै पंन्जावले लिगको पहिलो जित दर्ता गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *