गायिका एलिना चौहानले फरक शैलीमा नयाँ गीत ‘पन्छी’ ल्याएकी छन् । एलिनाको स्वरमा रहेको यस गीतलाई सुदीप आत्रेयले लेखेका हुन भने किरण माइकल घिमिरेले संगीत भरेका छन् ।
गीतमा धन कमाउने सपना बोकेर बिदेश पुगेका नेपाली चेलीले भोग्नु परेको पीडा प्रस्तुत गरिएको छ । फरज अर्पणको निर्देशन रहेको गीतको भिडियोमा गायिका एलिना, नम्रता अर्याल, गणेश पौडेल, सन्तोषकुमार थीनलगायतले अभिनय रहेको छ । निर्देशक अर्पणकै छायांकन र सम्पादन रहेको भिडियो आत्रेय प्रोड्क्सन युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
