कर्णालीमा १६ फरार प्रतिवादी पक्राउ

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले १६ फरार प्रतिवादी पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले सार्वजनिक अपराधका सात, खोटाचलन, बहुविवाह, अंश मुद्धाका एक/एक र चेक अनादरका तीन जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय दैलेखबाट कर्तव्य ज्यान मुद्धाका एक र जबरजस्ती करणी मुद्धाका एक जनालाई पक्राउ गरिएको उनले जानकारी दिए । प्रवक्ता बाँस्तोलाका अनुसार जिल्ला प्रहरी कार्यालय जुम्लाबाट पनि एक जना सार्वजनिक मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *