काठमाडौं । नेपाला पछिल्लो २४ घण्टामा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४९७ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ६०९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ पुरुष र पाँच महिला गरी थप १७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४५३ पुगेको मन्त्रालयले जनाएको छ ।
पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ११,४४९ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ६,५६५ जना रहेका छन् । आइसोलेसनमा १८,४३७ जना सक्रिय संक्रमित रहेका छन् ।
बिहीबार थप ४५७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ५०,४११ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा २३२ र भेन्टिलेटरमा २८ जनाको उपचार भइरहेको छ ।
