शुक्लागण्डकी नगरपालिकामा कोरनाको प्रभाव र चुनौतीको सामना

नबराज बि क

विश्वब्यापी रूपमा फैलिरहेको कोरना भाइरस (कोभिड–१९)को प्रभाव महामारीको रूपमा सबैको लागि चुनौतीको रुपमा खडा भइरहेको छ । विश्वका शक्तिशाली मानिएका राष्ट्रले समेत यस बिपत्तिलाई समाना गर्दै आइरहेको हामी सबैलाई अवगत नै छ । यस्ताे कठिन परिवेशमा नेपालमा पनि अछुताे रहन सकेन । पछिल्लो समय नेपालमा पनि दिन प्रतिदिन समुदायमा काेराेना भाइरसकाे महामारी फैलिँदै गइरहेको छ । सबै जनाले बेलैमा सचेत र सजकता नअपनाउने हो भने आउने दिनहरू अझैँ सकस र कष्टकर बन्नेमा कुनै दुबिधा छैन ।

विस्व स्वास्थ संगठन (डब्लुएचओ)का निर्देशनकाे साथसाथै आफू रहेको देशको सरकारले तयार पारेको स्वस्थ्यसम्बन्धी नीति र मापदण्ड पालना गर्नु नै सबैको हित हुनेछ । कोरनाको भ्याक्सिन वा औषधि नबन्दासम्म मानवीय जीवनमा पर्ने असर र विश्व अर्थतन्त्रमा पर्ने प्रभावका विषयमा बहस गर्न तुलनात्मकरूपमा हतार छैन ।

मुख्यतः अहिले काेराेना भाइरसबाट जोगिन हामीले के कस्ता सावधानी अपनाउन सक्छौँ भन्नेमा विज्ञहरुको सुझावलाई आधार मानेर दैनिक खानपिनमा विशेष ध्यान पुर्याउँन जरुरी छ । त्यसको साथै सामाजिक एवम् भौतिक दुरी कायम गर्दै माक्स र सेनिटाइजरको प्रयोग एवम् साबुन पानीले सरसफाइ ध्यान दिनुपर्ने सुझाव सुन्दा सामान्य लागे पनि कोरनाबाट जोगिन ठूलो मद्दत गर्ने प्रमाणित भइरसकेको छ ।

महामारीले धनि वा गरिब देश भनेर भेदभाव गर्दैन । विषम परिस्थितिको बेला राष्ट्र कति सम्पन्न छ भन्नु भन्दा पनि बिपत र महामारीको विरुद्ध राज्य कसरी लागेको छ भन्ने कुराले विशेष अर्थ राख्तछ । आम नागरिकको हितका लागि राज्यले उचित व्यवस्थापनमार्फत् जोखिमलाई कसरी अधिक न्युनिकरण गर्न सक्छ भन्ने गहिराई हामी महसुस गर्न सक्छौँ ।

कोरना भ्रम कि यथार्थ ? कोरना सामान्य हो भन्दै यसलाई बेप्रवाह गर्ने जमातका पनि कमि त छैन । तथापि कहिले काहिँ सचेत रहदाँरहदैँ पनि संक्रमण हुन सक्छ । कोरना रोग हो भन्ने महसुस गरौँ तर भयभित हुँदै अतिरन्जित नबनौँ । मानसिकरूपमा आत्मबल दह्रो बनाउँदै कोरोनाको संक्रमणलाई सामन्यरूपमा लिँदै प्रतिरोधात्मक क्षमता बढाउने खालका खाना खानेदेखि व्यायामलाई नियमित गरौँ । रोगले कहिल्यै आफ्नो वा पराइ भन्दैन । भ्याक्सिन वा औषधि नबन्दासम्म सामाजिक दुरी कायम गर्दै सबैजना सचेत रहौँ । सचेतना जगाऔँ । कोरना संक्रमण भए आइसोलेसनमा बस्ने वा होम क्वारेन्टाइनको व्यवस्थापन सही बनाऔँ । भाइरस फैलिइसकेको ठाउँ र व्यक्तिबाट अरुमा सर्नबाट जोगिन र जोगाउन सबैले प्रयत्न गरौँ । स्वस्थ्य भएर फर्किएका आफन्त र साथीभाइ पनि हाम्रै अगाडी धेरै हुनुहुन्छ । भ्रमबाट मुक्त हुँदै यथार्थलाई आत्मसात गरौँ ।

कोरनाको प्रभावबाट दैनिकी जिबनयापनमा परेको प्रभाव

नेपाल पनि कोरना प्रभावको उच्च जोखिमयुक्त मुलुकहरुमध्येमा नै रहेको छ । मुलुकमा लामो समयदेखिको लकडाउनले आम सर्वसाधारणमा परेको पीडाको कुनै लेखाजोखा गर्न सकिने अवस्था छैन । पछिल्लो समयमा समुदायस्तरमा नै कोरनाको प्रभाव बढिरहेको छ । यस अवस्थामा स्थानीय सरकारको दायित्व र सामाजिक संघ सस्थाको भुमिका अहम् हुने हुँदा लकडाउनको अवधिभर सर्वसाधारण जनताको दैनिकी जीवनयापनलाई सकेसम्म सहज बनाउन जागरुक हुनुपर्ने देखिन्छ ।

यतिबेला शुक्लागण्डकी नगरपालिका तनहुँमा कोरनाको प्रभाव समुदायभित्र प्रवेश गरेसँगै नगरपालिकाले विभिन्न वडाहरुमा लकडाउन गरेको छ भने वडा कार्यालयले टोलहरुलाई निषेध क्षेत्र घोषणा गरी सिल गरेको छ । लकडाउन र सीलको सूचना जारी भएसँगै स्थानीय सरकार र प्रहरी प्रशासन, सामाजिक संघ सस्थाले पक्कै पनि समन्वयकारी भुमिका निर्वाह गरिरहेका होलान भन्नेमा विश्वस्त छु । जनताको हितमा अहाेरात्र खट्ने चिकित्सक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, प्रशासनलगायत सबैमा हार्दिक आभरसमेत प्रकट गर्न चाहछु ।

व्यक्तिगत सुझाव

  • स्वाब संकलन र परीक्षणको दायरालाई बढाउँदै आइसोलेसन, क्वारेन्टाइन व्यवस्थापनमा उचित ध्यान दिँदै, कसैलाई कोरनाको आशंका महसुस भएमा वा लक्षण देखिएमा तत्काल सम्पर्क गर्न सकिने आपतकालीन डेक्स स्थापना गरि २४ सैँ घण्टा हटलाइन उपलब्ध हुने नम्बर, एम्बुलेन्स र स्वस्थकर्मी तयारी अवस्था राख्न सकिए अझै प्रभावकारी हुनेछ ।
  • स्थानीय सरकारको पहलमा समाजिक संघसस्था (युवा क्लब, आमा समूह, टोल सुधार समिति) लगायतको समन्वयकारी भुमिकामा आर्थिक अवस्था नाजुक भएका परिवारलाई तत्काल राहत व्यवस्था गर्न जरुरी छ ।
  • लकडाउन घोषित क्षेत्रमा दैनिक उपभोग्य खाद्यवस्तुको सहजरुपमा आपूर्तिका लागि सामाजिक दुरि कायम गर्दै होम डेलिभरीको व्यवस्था गरियोस् । सामाजिक संस्था, अभियान्ता वा स्थानीय प्रहरी प्रशासनको सहयोगमा आपूर्ति र वितरणको प्रबन्ध मिलाएपछि बिहान बेलुका अत्यावश्यक सरसामान किनमेल गर्न जान नपर्ने हुँदा लकडाउन र सील अझ व्यवस्थित हुनेछ ।
  • स्थानीय सरकारले जारी गरेको सूचनालाई आम नागरिकको पहुँचसम्म पुग्ने गरी सूचना सम्प्रेषणलाई प्राथमिकता दिन उपयुक्त हुन्छ । संक्रमणको जोखिम रहेका ठाँउहरुमा निर्मलीकरण गर्न प्रयोग हुने दबाइहरु छर्कनु, सिल गरिएका ठाँउमा निषेधाज्ञाको पुर्णरुपमा पालना गर्नु, गराउनु उचित हुनेछ ।

व्यवहारिक पक्षलाई सुक्ष्म ढंगले विश्लेषण नगरी नजरअन्दाज गरियो र एकाअर्कालाई दोषारोपण मात्रै गरियो भने समस्या घट्नुको साटो बढ्दै जाने खतरा रहन्छ । यो कठिन समयमा भौतिकरूपमा उपस्थित हुन नसकेता पनि समुदायस्तरमा मेरो आवश्यक परेको महसुस भएमा सक्दो सहयोग गर्न म तत्पर रहेको समेत अवगत गराउँदै सबैको रचनात्मक सहयोग, सल्लाह र सुझावकाे अपेक्षासहित तपाईं हामी सबैको हितमा सहयोग, सद्भावसहित एक जुट बन्नको लागि विनम्र अनुरोध गर्दछु ।
धन्यवाद ।

(शुक्लागण्डकी–५, तनहुँका बि क हाल कतारकाे दाेहामा हुनुहुन्छ )

Leave a Reply

Your email address will not be published. Required fields are marked *