सुन प्रतितोला १२ सय रुपैयाँले घट्यो

काठमाडौं । पछिल्ला केही दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारदेखि सुनको भाउ निरन्तर ओरालो लागेको छ ।

सोमबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मङ्गलबार प्रतितोला एक हजार ७००, बुधबार एक हजार २०० र बिहीबार प्रतितोला एक हजार २०० रुपैयाँले घटेको छ ।

महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० तोकेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० कायम भएको थियो । यस्तै बिहीबार चाँदीको मूल्यमा पनि प्रतितोला ७० रुपैयाँले गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार १२० रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *