बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाका अनुसार नवलपरासी पश्चिम र कपिलवस्तुका एक/एक जनाको मृत्यु भएको हो ।

कपिलवस्तुको बुद्धभुमि नगरपालिका ६ का ५० बर्षीय पुरुष र नवलपरासी पश्चिम रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको मृत्यु भएको उनले बताए ।

कोरोना विशेष अस्पतालमा भेन्टिलेटरमा उपचाररत दुवैको बिहीबार विहान मृत्यु भएको हो । मृत्यु भएका कपिलबस्तुका पुरुष मधुमेह र मिर्गालाका दिर्घ रोगी थिए भने नवलपरासी पश्चिमका पुरुषमा कलेजो र मिगौलाका दिर्घरोगी भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार उक्त अस्पतालमा हाल १४ जना सघन उपचार कक्ष आईसियुमा र आईसोलेसन वार्डमा २६ जनाले उपचार गराई रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *