प्रज्जवल थापा
तनहुँ। इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको हो ।
सेख जिदाय रंगशालामा भएको खेलमा टस हारी ब्याटिङको निम्तो पाएको मुम्बईलाई जित्न पर्ने दब्बद थियो पहिलो खेलमा चेन्नाईसित हारेको मुम्बईले पूरा २० ओभर खेलेर ५ विकेट गुमाउँदै १९५ बनायो । ओपनर डि ककलाई सस्तैमा गुमाएको मुम्बईको इनिङ्स रोहित र शर्मा सुर्यकुमार यादबले समाल्हेका थिए । सिभम मभिको बलना आउट हुनुअघि रोहितले ५४ बलमा ८० रन बनाए । उनले ३ चौका र ६ छक्का प्रहार गरे । सुर्यकुमार यादव रन आउट भए । उनले बिस्फोटक ब्याटिङ गर्दै २८ बलमा ४७ रन बनाए । त्यसपछि ब्याटिङ गर्न आएका सौरभ तिवारीले २१, हार्दिक पाण्ड्यले १८ र काइरन पोलार्डले १३ रनको योगदान गरे ।
बलिङमा कलकत्ताका सिभम माभिले ४ ओभर बलिङ गरेर १ मेडन राख्दै ३२ रन खर्चेर २ विकेट लिए । नारायणले ४ ओभरमा २२ रन दिएर १ विकेट लिदाँ रसेलले २ ओभरमा १७ रन दिएर १ विकेट लिए ।
१९६ रनको विजय लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ९ विकेटको क्षतिमा मात्र १४६ रन बनाउन सक्यो । कलकत्तालाई ओपनर सुभ्मन दिल र नारायणले राम्रो सुरुवात दिलाउन सकेनन् । सुभ्मन ७ र नारायण ९ रनमा आउट भए । कप्तान दिनेश कार्तिकले २३ बलमा ५ चौकाको सहयोगमा ३० रन बनाउदै राहुल चहारको बलमा आउट भए । यस्तै नितेश राना २४, मोर्गनले १६ र रसेलले ११ रन जोडे । बलिङमा महङ्गो साबित भएका प्याट कमिङ्सले बिस्फोटक ब्याटिङ गरे पनि कलकतालाई जित दिलाउन पर्याप्त रहेन । उनले ११ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३३ रन बनाए ।
बलिङमा मुम्बईको लागि ट्रेन्ट बोल्टले ४ ओभर बलिङ गर्दै १ मेडेन राखेर ३० रनको क्षतिमा २ विकेट लिए । जेम्स पट्टेन्सनले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । यस्तै जस्पृत बुम्राले ४ ओभरमा ३२ रन दिएर २ विकेट लिदा चहारलेपनि ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । काइरन पोलार्डले ३ ओभरमा २१ रन खर्चेर १ विकेट लिए ।
