यातायातमा साविककै भाडादर कायम गर्न विद्यार्थी संगठनको माग

काठमाडौं । सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूसहित १३ विद्यार्थी संगठनले सार्वजनिक यातायातमा दोब्बर भाडा लिएर यात्रुलाई ठग्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

बुधबार भौतिक,योजना तथा पूर्वाधार मन्त्री बसन्त नेम्बाङलाई बुधबार तीन बुँदै माग पत्र बुझाउदै सामाजिक दुरी कायम गर्ने सर्तमा दोब्बर भाडा लिन छुट दिएपनि ठेलमठेल यात्रुहरु राखेर दोब्बर भाडा लिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

उनीहरुले हवाईजहाँजबाट यात्रा गर्दा कोरोना नसर्ने र बसबाट यात्रा गर्दा मात्रै सर्ने भन्ने नहुने भन्दै बसमा समेत पूर्ण क्षमतामा यात्रु राख्न दिनुपर्ने माग गरेका छन् । तत्काल सार्वजनिक यातायातमा पूर्ण क्षमतामा यात्रु राखेर साविककै भाडादर कायम गर्न विद्यार्थी संगठनले माग गरेका छन् । मागपत्र बुझ्दै मन्त्री नेम्वाङले विद्यार्थीहरुको मागलाई सकारात्मक रुपमा लिएको बताए ।

सार्वजनिक यातायातलाई निरन्तर अनुगमन गर्ने राज्यको सोच रहेको भन्दै यस क्षेत्रलाई व्यवस्थित गर्न ऐन निर्माणको क्रममा रहेको जानकारी दिए । विद्यार्थीहरुले लामो तथा छोटो दूरीमा चल्ने सार्वजनिक याातायातमा विद्यार्थी सहूलियत कडाइका साथ लागू गर्न पनि माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *