मोराटा युभेन्टसमा अनुबन्धित

प्रज्जवल थापा

तनहुँ । सिरि ए च्याम्पियन युभेन्टसले आफ्नो पूर्व खेलाडी अल्भारो मोराटालाई क्लबमा अनुबन्धित गरेको छ । युभेन्टसले उसको अफिसियल वेवसाइटमा सो जानकारी दिँदै मोराटालाई टुरिनमा स्वागत गरेको बताएको छ ।

स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडबाट युरो १० मिलियन लोनमा मोराटा क्लबमा अनुबन्धित भएको क्लबले जनाएको छ । युभेन्टसले मोराटालाई ४५ मिलियन युरोमा किन्नसक्ने पनि सम्झौतामा उल्लेख छ । युभेन्टसका फरवार्ड गन्जालो हिग्वेन इन्टर मिएमी पुगेपछि केही समयदेखि फरवार्डको खोजी गर्दा क्लबको पूर्व खेलाडी मोराटालाई क्लबमा भित्राएको हो ।

२७ वर्षीय मोराटाले यसअघि युभेन्टसबाट सन् २०१४ देखि सन् २०१६ सम्म खेल्दा ९३ खेलमा २७ गोल गरेका थिए । त्यसपछि रियल म्याड्रिड फर्किएका मोराटा मैदानमा जाने मौका कम पाएपछि चेल्सी हुँदै एथ्लेटिको म्याड्रिड पुगेका थिए । गत सिजन एथ्लेटिकोको लागि लिगमा ३४ खेल खेल्दै १२ गोल गरे ।

मोराटाले एथ्लेटिको छोडेपछि बार्सिलोनाका फरवार्ड लुइस स्वारेजलाई पनि बाटो खुलेको छ । उनी यसै सिजन म्याड्रिडमा जाने कुरा सार्वजनिक भएको थियो । लगातार ९ सिजन सिरि एको उपाधि जितेको युभेन्टसले नयाँ सिजनअन्तर्गत सोमबार भएको खेलमा साम्पोडिरियालाई ३(० गोलले हराउँदै लिगमा विजयी सुरुवात गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *