काठमाडौं । ललितपुरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार अल्का अस्पतालमा उपचाररत ७४ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । ती पुरुष गत भदौ १७ गते कलेजोको समस्या देखिएर अस्पतालमा उपचाररत रहेका थिए ।
त्यसैगरी ललितपुरकै मेघा अस्पतालमा उपचाररत ८० वर्षीय कोरोना संक्रमित वृद्धको मंगलबार साँझ ५ बजे मृत्यु भएको छ । उनी सोही दिन दिउँसो अस्पताल भर्ना भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
