प्रज्ज्वल थापा
तनहुँ । इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा चेन्नाई सुपर किंग्स १६ रनले पराजित भएको छ ।
शारजाहमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै २१६ रन बनाउन सफल भयो । सुरुवातमै ओपनर जैसवाललाई ६ रनमा गुमाएको राजस्थानको इनिङ्स स्याम्सन र स्थिमले समालेका थिए । राजस्थानको लागि सञ्जु स्यामसनले सनदार ब्याटिङ गरे । उनले ३२ बलमा १ चौका र ९ छक्काको मद्दतमा ७४ बनाए । उनले १९ बलमा अर्धसतक पूरा गरे । ओपनर स्टिभ स्मिथले ४७ बलमा ४ चौका र ६ छक्कासहित ६९ रनको कप्तानी इनिङ्स खेले ।
त्यसपछि ब्याटिङ गर्न आएका डेभिड मिलरले खाता खोल्न सकेनन् । १५ औँ ओभरमा पियुस चावलाले रेबिन उथ्प्पालाई आउट गरे । यस्तै अन्तिममा ब्याटिङ गर्न आएका जोफ्रा आर्चरले ८ बलमा ४ छक्का सहित २७ रन जोडेर अविजित रहे । चेन्नाईको लागि पियुस चावला महङ्गो सबित भए । उनले ४ ओभर बलिङ गर्दै ५५ रन खर्चेर १ विकेट लिए । यस्तै सम करनले सार्वधिक ३ विकेट लिदा दीपक चहर र लुन्गि एनगिडीले समान १/१ विकेट लिए ।
जितको लागि २१७ रनको विजयी लक्ष्य पछ्याएको चेन्नाइ २० ओभरमा ६ विकेट गुमाएर २०० रन मात्र बनाउन सक्यो । चेन्नाईलाई राम्रो सुरुवात दिलाएका मुरलि विजय र सेन वाट्सनले पहिलो विकेटको लागि ६.४ ओभरमा ५६ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा चेन्नाईले वाट्सनलाई गुमाएको थियो । स्पिनर टेवाटियाको बलमा आउट भएका वाट्सान्ले २१ बलमा १ चौका र ४ छक्काको मद्दतमा ३३ रनले जोडेम लगत्तै विजय पनि २१ रन जोडेर आउट भए । त्यसपछि ब्याटिङ गर्न आएका करनले ६ बलमा १७ रन जोडेर आउट भए । अर्को बलमा डेब्यु खेल खेलेका रुतुराज गाइक्वाद पनि आउट भए । १४ ओभरमा केदार जाधव २२ रनमा आउट भएपछि चेन्नाई अप्ठ्यारो स्थितिमा पुगेको थियो ।
फाफ डुप्लेसीले आक्रमण ब्याटिङ गर्दै चेन्नाईलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर अन्य कुनै पनि खेलाडीको राम्रो साथ पाउन सकेनन् । लामो सट खेल्ने क्रममा उनी आर्चरको बलमा आउट भए । उनले ३७ बलमा १ चौका र ७ छक्काको मद्दतमा ७२ रन बनाए । धोनीले १७ बलमा ३ छक्काको मद्दतमा २९ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । राजस्थानको लागि टेवाटियाले सार्वधिक ३ विकेट लिँदा आर्चर, गोपाल र करनले १/१ विकेट लिए ।
