डा. केसी ट्रमा सेन्टरबाट स्वेच्छाले डिस्चार्ज, शिक्षण अस्पताल भर्ना

काठमाडौं । डा. गोविन्द केसीले ट्रमा सेन्टरबाट स्वेच्छाले डिस्चार्ज भएका छन् । मंगलबार दिउँसो नेपालगंजबाट काठमाडौं ल्याएर जबजरजस्ती ट्रमा सेन्टरमा राखिएका डा. केसी साँझ स्वेच्छाले डिस्चार्ज भएका हुन् ।

९ दिनअघि जुम्लामा अनसनरत केसी मंगलबार दिउँसो नेपालगञ्जबाट काठमाडौं आएका थिए । उनी त्रिवि शिक्षण अस्पताल जान खोजेपनि प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पुर्याएको थियो ।

केसीले शिक्षण अस्पतलमा आफुलाई भर्ना नगर्दासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएपछि उनलाई साँझ शिक्षण अस्पताल सारिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *