गोविन्द केसीलाई ट्रमा सेन्टर लगियो

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनमा बसेका डा. गोविन्द केसी अनसनरत अवस्थामा काठमाडौं आइपुगेका छन् । डा केसी जुम्लाबाट मंगलबार नेपालगञ्ज हुँदै वुद्ध एयरबाट काठमाडौं आएका हुन् । डा केसीलाई उनका सहयोगीहरुले त्रिभूवन विमानस्थलबाट त्रिवि शिक्षण अस्पतालमा राख्ने तयारी गरेका थिए ।

तर विमानस्थलमा झरेपछि प्रहरीले डा केसीलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगेको थियो । डाक्टर केसीलाई लिन त्रिवि शिक्षण अस्पतालको एम्बुलेन्स विमानस्थलमा तयारी अवस्था थियो । डा केसी विमानबाट झरेर एम्बुलेन्समा बसेपछि प्रहरीले डा केसीलाई ट्रमा सेन्टरतर्फ स्कटिङ गरेर लगेको थियो ।

ट्रमा सेन्टर पुर्याइएपछि डा केसीले आफूलाई जवरजस्ती ट्रमा सेन्टरमा लगिएको भन्दै एम्बुलेन्सबाट नओर्लने अडान लिएका थिए । तर केसीलाई प्रहरीले जवरजवस्ती ट्रमा सेन्टरभित्र लगेको थियो ।

विगतमा भएका सम्झौता अक्षरसः कार्यान्वयन नभएको भन्दै डा केसीले भदौ २९ गतेदेखि जुम्लाको चन्दननाथ नगरपालिका ६ रानीचौरस्थित बामिरामष्ट मन्दिरमा सत्याग्रह सुरु गरेका थिए । त्यस क्रममा केसी सोमबार नेपालगञ्ज आएका थिए । आफ्नो माग पुरा गर्न थप दवाव दिने भन्दै केसी काठमाडौं आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *