निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज २४ गतेका लागि तय भएको निर्वाचन रोक्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राजकीय सम्मानका साथ अन्तेष्टि गर्ने निर्णय गरेको छ । शेर्पाको सोमबार ७२ वर्षको उमेरमा निधन भएको थियो । उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । यही कारणले गर्दा उनलाई हिम चितुवा उपनाम दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *