बौद्धबाट २१ किलो रक्तचन्दनसहित चार जना पक्राउ

काठमाडौं । अवैध रुपमा रक्तचन्दनको कारोबार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरी अपराध महाशाखाको टोलीले अवैध रुपमा रक्तचन्दनको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा काठमाडौंको बौद्धबाट चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोटका सुनिल तामाङ, ओमबहादुर तामाङ, काभ्रे तिमालका कर्नेस तामाङ र सिन्धुपाल्चोकका लाक्पा लामा छन् । उनीहरुको साथबाट प्रहरीले २१ किलो रक्तचन्दन बरामद गरेको छ । यसको मूल्य एक लाख ८६ हजार एक सय पचास रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *